Kathmandu Press

ओली–नेपालबीच आज पनि भेटवार्ता हुँदै

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (शुक्रबार) दिउँसो एक्लाएक्लै भेट्ने भएका छन्। हिजो...
ओली–नेपालबीच आज पनि भेटवार्ता हुँदै

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (शुक्रबार) दिउँसो एक्लाएक्लै भेट्ने भएका छन्। हिजो (बिहीबार) साँझ पनि उनीहरूबीच नक्सालस्थित होटल मेरियटमा एक्लाएक्लै भेटवार्ता भएको थियो।  

हिजोको भेटमा नेता नेपालले २०७५ जेठ २ मा फर्किएर पार्टी गतिविधि अगाडि बढाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरे। हिजोको बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेकाले आज फेरि भेटवार्ता हुन लागेको नेपाल समूहनिकट एक नेताले बताए। 

केहीबेरअघि मात्र नेता नेपालले आफूनिकट सांसदहरूसँग छलफल गरेका थिए। सोही छलफलका क्रममा नेता नेपालले आज ओलीसँग भेट्न लागेको जानकारी दिएका थिए। ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार आज पनि उनीहरूबीच होटल मेरियटमै भेटवार्ता हुनेछ।

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्