Kathmandu Press

हतियारको आधुनिकीकरण जारी राख्न पुटिनको आग्रह 

मस्को, वैशाख ९ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सशस्त्र सेनालाई हतियारको आधुनिकीकरण जारी राख्न आग्रह गरेको छ।पुटिनले बुधबार रुसलाई हतियारको आधुनिकीकरण जारी राख्न...
हतियारको आधुनिकीकरण जारी राख्न पुटिनको आग्रह 

मस्को, वैशाख ९ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सशस्त्र सेनालाई हतियारको आधुनिकीकरण जारी राख्न आग्रह गरेको छ।

पुटिनले बुधबार रुसलाई हतियारको आधुनिकीकरण जारी राख्न आग्रह गरेको हो। ‘हतियारको आधुनिकीकरण गरी रुस आफ्नो सशस्त्र सेनालाई निरन्तर मजबुत गरिरहेको छ,’ राष्ट्रपति पुटिनले बुधबार संघीय सभालाई सम्बोधन गर्दै भने,  ‘रुसले हतियार आधुनिकिकरण जारी राख्नु अत्यावश्यक छ।’

सन् २०२४ सम्ममा विश्वमा आधुनिक हतियार र उपकरण ७६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। तर पुटिनले रूसको आणविक हतियार यस वर्ष ८८ प्रतिशतभन्दा बढी हुने दाबी गरे।  

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्