पोखराका सङ्क्रमितको चितवनमा मृत्यु
चितवन, वैशाख ९ : कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय पुरुष छन् ।मुटु, मधुमेह, रक्तचाप र...
चितवन, वैशाख ९ : कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय पुरुष छन् ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज (शुक्रबार) बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनलाई यही वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

