चिनियाँ राजदूतलाई लक्षित गरी होटलमा बम विस्फाेट, चार जनाको मृत्यु
इस्लामाबाद, वैशाख ९ : पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक होटलमा बम बिष्फोट हुँदा चारको मुत्यु हुनुका साथै ११ घाइते भएका छन् । बुधबार पाकिस्तानका...
इस्लामाबाद, वैशाख ९ : पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक होटलमा बम विस्फाेट हुँदा चारको मुत्यु हुनुका साथै ११ घाइते भएका छन् ।
बुधबार पाकिस्तानका लागि चिनियाँ राजतदुत बसको होटलमा बम विस्फाेट भएको हो । पाकिस्तानका लागी चिनियाँ राजदूतलाई लक्षित गरी उक्त हमला भएको अधिकारीहरुले बताएका छन ।
पाकिस्तानको तालिवान समुहले यो विस्फाेटको घटनाको जिम्मा लिएको छ।
गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको बताएका छन् । तर विस्फोटका बेला राजदुत नोङ रोङ घटना भएको क्षेत्रमा थिएनन्।
प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












