Kathmandu Press

 एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथलीमा

काठमाडौं, वैशाख ९ : धुम्बाराहीस्थित पासाङ ल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय आजबाट थापाथलीमा सरेको छ । आजदेखि पार्टी सञ्चालन थापाथलीमा लिइएको भाडाको घरबाट सञ्चालन हुने...
 एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथलीमा

काठमाडौं, वैशाख ९ : धुम्बाराहीस्थित पासाङ ल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय आजबाट थापाथलीमा सरेको छ । 

आजदेखि पार्टी सञ्चालन थापाथलीमा लिइएको भाडाको घरबाट हुने भएको हो। भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरेका छन् । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुनेछ । 


 

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्