Kathmandu Press

ओलीले गरे बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ।मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री...
ओलीले गरे बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
तस्बिर : सुजल बज्राचार्य ।

काठमाडौं, वैशाख ९ : नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान भवन शिलान्यास गरेका हुन्।

भवन शिलान्यासगर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीको भनाइ छ। भवन निर्माणस्थल १३ रोपनी क्षेत्रफलमा फैलिएको ज्ञवालीले बताए।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा पार्टीको केन्द्रीय कार्यालय स्थापना गरेको थियो।

प्रकाशित मिति: १०:५५ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्