Kathmandu Press

अमेरिकालाई पछि पार्दै भारतमा एकैदिनमा थपिए ३ लाख १६ हजार संक्रमित

काठमाडौं, वैशाख ९ : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार वढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।संक्रमण दर बढेसँगै भारतमा कोरोनाभाइरसबाट ज्यान...
अमेरिकालाई पछि पार्दै भारतमा एकैदिनमा थपिए ३ लाख १६ हजार संक्रमित

काठमाडौं, वैशाख ९ : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार वढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण दर बढेसँगै भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको संख्या पनि दिनदिनै बढिरहेको छ। २४ घण्टामा मात्र भारतमा २ हजार १ सय २ जनाले ज्यान गुमाएका छन्।

यो सँगै एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ। यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख ७ हजार संक्रमित थपिएका थिए।

भारतमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै वढेपछि विभिन्न राज्यहरुमा लकडाउन समेत घोषणा गरिसकिएको छ । भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाईसकेका छन् ।

यस्तै १ करोड ३४ लाख वढी भने उपचारपछि घर फर्केका छन् । 

प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्