उपत्यकासहित मुलकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौं, वैशाख ९ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भईरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बिहान ३ बजेतिरदेखि काठमाडौँसहितका...
काठमाडौं, वैशाख ९ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भईरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बिहान ३ बजेतिरदेखि काठमाडौँसहितका स्थानमा वर्षा भएको हो । महाशाखाका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको र यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको हो ।
प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको छ । यस्तै शुक्रबार पनि देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले बताएको छ ।
प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

