Kathmandu Press

कार्डिजमाथि सहज जित निकाल्दै ला लिगा फुटबलको शीर्ष स्थानमा म्याड्रिड 

कार्डिजमाथि सहज जित निकाल्दै ला लिगा फुटबलको शीर्ष स्थानमा म्याड्रिड 

काठमाडौं, वैशाख ९ : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले कार्डिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल र अल्भारो ओड्रीओजोलाले एक गोल गरेका थिए।

जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ।

त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेलमा ६७ अंक रहेको बार्सिलोना चौथो स्थानमा रहेको छ। त्यस्तै कार्डिजको भने ३२ खेलपछि ३६ अंक छ र लिगमा १३औ स्थानमा रहेको छ। 

प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्