Kathmandu Press

आईपीएलमा सनराइजर्सको पहिलो जित 

काठमाडौ, वैशाख ९ : आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा सनराइजर्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले...
आईपीएलमा सनराइजर्सको पहिलो जित 

काठमाडौ, वैशाख ९ : आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा सनराइजर्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

१ सय २१ रनको सामान्य लक्ष्य सनराईजर्सले ८ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गरेको हो । सनराइजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित ईनिङ्स खेले । डेविड वार्नरले ३७ रन बनाए । यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।

पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२-२२ रन जोडे । पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।

जितसँगै सनराइजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब समान अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: ०६:४१ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्