Kathmandu Press

तीन अर्ध शतक बनाएका कुशल आईसीसीको वरियतामा

काठमाडौं, वैशाख ७ : नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा परेका छन्।रुपन्देहीका २४ वर्षीय कुशलले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२०...
तीन अर्ध शतक बनाएका कुशल आईसीसीको वरियतामा

काठमाडौं, वैशाख ७ : नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा परेका छन्।

रुपन्देहीका २४ वर्षीय कुशलले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका छन्। योसँगै उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो।

कुशल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन्। उनी ९३ औँ स्थानमा छन्।

सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन्। कुशलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अर्धशतक बनाएका हुन्।

नेदरल्याण्ड्ससितको पहिलो खेलमा उनले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको दोस्रो खेलमा ६२ रन बनाएका थिए।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन्। उनी यसअघिको बरियतामा ७३औँ स्थानमा थिए।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा छन्। उनी यसअघि ८४औँ स्थानमा रहेका थिए।

काठमाडौंमा जारी टी–२० सिरिजमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन्। उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए।

योसँगै सन्दीप नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने बनेका छन्। टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन्।

यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो। उनले ३१ खेलमा ४१ विकेट लिएका थिए।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्