होटेल मेरियटमा ओली र नेपालबीच वार्ता
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालको मेरियट होटेलमा वार्ता भइरहेको छ।
काठमाडौं, वैशाख ८ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालको मेरियट होटेलमा वार्ता भइरहेको छ।
एमाले विभाजनको संघारमा रहेका बेला दुई नेताबीच वार्ता चलिरहेको नेपाल पक्षका एक नेताले जानकारी दिए।
उनका अनुसार वार्ताका लागि ओलीले नै सक्रियता देखाएका हुन्। ओलीले नेपाललाई बालुवाटारमै बोलाएको तर उनी जान नमानेपछि होटेल मेरियटलाई वार्तास्थल बनाइएको उनले जानकारी दिए।
बुधबार मात्र नेपाल पक्षमा रहेका एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकताबद्ध बनाउन लचिलो बन्न आग्रह गरेका थिए।
प्रकाशित मिति: १८:२० बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

