अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, वैशाख ८ : अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिएको हुँदा त्यसबाट सुरक्षित रहनका लागि...
काठमाडौं, वैशाख ८ : अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएको हुँदा त्यसबाट सुरक्षित रहनका लागि मन्त्रालयले उक्त आग्रह गरेको हो।
हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको भन्दै अहिले उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने स्थिति आउनसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।
डा. गौतम भन्छन्, ‘संक्रमण दर अत्यधिक बढेको छ। हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत छ । अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस् ।’
यस्तै सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा सहभागी नहुन समेत मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: १७:१० बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

