Kathmandu Press

योगेश भट्टराईले ओलीलाई भेटे

काठमाडौं, वैशाख ८ : एमाले सचिव योगेश भट्टराईले आज (बुधबार) बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई भेटेका छन्।ओलीले मंगलबार एमाले वष्ठि...
योगेश भट्टराईले ओलीलाई भेटे

काठमाडौं, वैशाख ८ : एमाले सचिव योगेश भट्टराईले आज (बुधबार) बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई भेटेका छन्।

ओलीले मंगलबार एमाले वष्ठि नेता माधव नेपाल समूहका ३२ नेतालाई स्पष्टीकरण सोधेका थिए । जसमा नेता योगेश भट्टराई पनि पर्छन्। स्पष्टीकरण सोधिएकै भोलिपल्ट उनले अध्यक्ष ओलीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेलगत्तै सामूहिक राजीनामा दिनेमा नेता भट्टराई पनि थिए। उनी त्यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा थिए। 

नेपाल समूहको मंगलबार बसेको बैठकले ओलीले व्यक्तिगत रुपमा सोधिएको स्पष्टीकरणको जवाफ व्यक्तिगत रुपमै फर्काउने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्