२ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १ हजार ५१ जना
उपत्यकामा मात्र एक हजार ५१ जनामा कोरोना संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना रहेका छन् ।
काठमाडौं, वैशाख ८ : पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् ।
८ हजार ८४४ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट दुई हजार दुईसय बीस र एन्टिजेन विधिबाट एक सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा मात्र एक हजार ५१ जनामा कोरोना संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना रहेका छन् ।
यस्तै देशभर एक सय ३८ जना आईसियुमा रहेकामध्ये ४७ जना भेन्टिलेटरमा छन् । यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ८७ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

