Kathmandu Press

छोरीको उत्तरपुस्तिका सच्याएको आरोपमा लोक सेवाका अधिकृत शाहीविरुद्ध मुद्दा

काठमाडौं, वैशाख ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।नेपाल वायु...
छोरीको उत्तरपुस्तिका सच्याएको आरोपमा लोक सेवाका अधिकृत शाहीविरुद्ध मुद्दा

काठमाडौं, वैशाख ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

नेपाल वायु सेवा निगमतर्फको (खुला, समावेशी) सहायक चौथो पदका लागि भएको परीक्षामा नाताले छोरी पर्नेलाई सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याएर अनियमितता गरेको पुष्टि भएको भन्दैअख्तियारले शाहीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 

‘तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएकोले निज मिम बहादुर शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्