भारतमा कोभिसिल्ड खोपको मूल्य निर्धारण
काठमाडौं, वैशाख ८ : भारतमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ नामक खोपको मूल्य निर्धारण गरिएको छ ।सेरम इन्स्टिच्युट अफ इण्डिया प्राइभेट लिमिटेड (सीआईआई)ले उत्पादन गरिरहेको उक्त खोपमध्ये...
काठमाडौं, वैशाख ८ : भारतमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ नामक खोपको मूल्य निर्धारण गरिएको छ ।
सेरम इन्स्टिच्युट अफ इण्डिया प्राइभेट लिमिटेड (सीआईआई)ले उत्पादन गरिरहेको उक्त खोपमध्ये भारतको केन्द्रिय सरकारका लागि ५० प्रतिशत छुट्याईने छ भने बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
राज्य सरकारलाई प्रति डोज भारतीय चार सय रुपैयाँ तोकिएको छ । यस्तै निजी अस्पतालहरूलाई प्रति डोज भारतीय ६ सय रुपैयाँमा विक्री गरिने कम्पनीले जनाएको छ ।
यस्तै भारतमा अमेरिकी खोपको मूल्य भारतीय १५ सय रुपैयाँ तथा चिनियाँ र रुसी खोपको भारतीय सात सय ५० रुपैयाँ पर्छ । यसको तुलनामा सीआईआईले सस्तो दरमा खोप वितरण गरेको कम्पनीको दावी छ ।
निजी कम्पनी र कर्पोरेट हाउसहरूले पनि अबको चारदेखि पाँच महिनापछि सरकारी र निजी स्वास्थ्य प्रणालीमार्फत खोप खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।












