ओलीको कारबाहीविरुद्ध नेपाल–खनाल समूह सर्वोच्च जाने
काठमाडौं, वैशाख ८ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले थालेको कारबाही प्रक्रिया रोक्न सर्वोच्च...
काठमाडौं, वैशाख ८ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले थालेको कारबाही प्रक्रिया रोक्न सर्वोच्च अदालत जाने भएकाे छ। सो समूह बुधबार सर्वोच्च अदालत जाँदैछ। त्यसका लागि साे समूह छलफलमा जुटेकाे छ।
अध्यक्ष ओलीले मंगलबार नेपाल समूहका संघीय संसद्का २७ जना र कर्णाली प्रदेशका पाँच गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधिएका सांसदले जवाफ पनि दिने तयारी गरेका छन्।
नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो । उनीहरूलाई पुनः स्पष्टीकरण सोधिएको छ। ती चारजनालाई तीन दिन र बाँकीलाई दुई दिनभित्र जवाफ दिन भनिएको छ। स्पष्टीकरण सोधिनेमा वरिष्ठ नेता खनाल पनि छन्। अन्यमा योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत छन्।
एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लंघन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ।









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

