स्टिङ अपरेसन राेक्न अख्तियारलाई सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको छ। तर अब त्यसो गर्न...काठमाडौं, वैशाख ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेसन गर्दै आएको छ। तर अब त्यसो गर्न नपाइने भएको छ।
सर्वोच्च अदालतले अख्तियारलाई स्टिङ अपरेसन नगर्न आदेश दिएसँगै त्यस्तो गर्न नपाइने भएको हो। स्टिङ अपरेसन रोक्नुपर्ने भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए।
त्यही रिटमाथि सुनुवाइ गर्दै बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेसन रोक्न आदेश दिएको हो।
‘स्टिङ अपरेसन फौजदारी न्यायको मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया र प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिब र तार्किक देखिएन,’ आदेशमा भनिएको छ, ‘उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो।’
यो आदेशसँगै स्टिङ अपरेसनका आधारमा अख्तियारद्वारा दायर गरेका ४ सय मुद्दा खारेज हुने भएको छ ।अदालतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन्।









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

