Kathmandu Press

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, वैशाख ८ : काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासले हेर्न नभ्याइनेमा राखेको छ ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए। साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटाविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट हालेकी थिइन् । रिटको सुनुवाइ गर्दै २२ फागुन २०६४ मा सर्वोच्चले जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । 

सापकोटाविरुद्धको मुद्दा ३० फागुन २०७६ मा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्