Kathmandu Press

अमेरिकाको अगुवाइमा मौसम परिवर्तन सम्मेलन, चिनियाँ राष्ट्रपति सी सहभागी हुने

बेइजिङ, वैशाख ८ : मेरिकाको राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङ अमेरिकाको नेतृत्वमा हुन गइरहेको मौसम परिवर्तन शिखर सम्मेलनमा उपस्थित हुने...
अमेरिकाको अगुवाइमा मौसम परिवर्तन सम्मेलन, चिनियाँ राष्ट्रपति सी सहभागी हुने

बेइजिङ, वैशाख ८ : अमेरिकाको राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङ अमेरिकाको नेतृत्वमा हुन गइरहेको मौसम परिवर्तन शिखर सम्मेलनमा उपस्थित हुने भएका छन्।

बिहीबार सुरु हुने दुई दिने भर्चुअल मौसम परिवर्तन शिखर सम्मेलनमा राष्ट्रपति सी उपस्थित हुने भएका हुन्। 

अमेरिकमा जो बाइडेन सरकारको आगमनपछि दुई नेताहरुबीचको यो पहिलो बैठक हुनेछ। बाइडेनले विश्वका दर्जनौं नेतालाई दुईदिने भर्चुअल शिखर सम्मेलनमा आमन्त्रण गरेका छन्। 

यो शिखर सम्मेलन विश्वव्यापी कार्बन उत्सर्जनमा कसरी कटौती गर्ने भन्नेबारे छलफल हुनेछ। सन् २०१५ मा पेरिस र अमेरिकाबीच विश्वव्यापी कार्बन उत्सर्जनमा कटौती सम्झौतामा हस्ताक्षर भएको थियो। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङइङले राष्ट्रपति सी जिङपिङले शिखर सम्मेलनमा भिडियोमार्फत भाग लिने बताएका छन्। 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्