Kathmandu Press

दक्षिण कोरिया अदालतद्वारा जापानविरुद्ध यौन दासत्वको मुद्दा खारेज 

सोल, वैशाख ८ : दक्षिण कोरियाली अदालतले जापानविरुद्धको यौन दासत्वको मुद्दालाई खारेज गरेको छ।दक्षिण कोरियाली अदालतले यौन दासत्वको सिकार भएका दक्षिण कोरियाली पीडितहरू...
दक्षिण कोरिया अदालतद्वारा जापानविरुद्ध यौन दासत्वको मुद्दा खारेज 

सोल, वैशाख ८ : दक्षिण कोरियाली अदालतले जापानविरुद्धको यौन दासत्वको मुद्दालाई खारेज गरेको छ।

दक्षिण कोरियाली अदालतले यौन दासत्वको सिकार भएका दक्षिण कोरियाली पीडितहरू र आफन्तहरूले जापान सरकारले क्षतिपूर्ति दिनुपर्ने भन्दै दायर गरेको यौन दासत्वको मुद्दालाई बुधबार खारेज गरेको हो।

यौन दासत्व पीडितलाई प्रतिनिधित्व गर्ने एक्टिभिस्टले बुधबार अदालतको निर्णयको निन्दा गरेका छन्। सोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले महिलाको सम्मान र मर्यादा पुनस्र्थापनाका लागि गरिएको संघर्षलाई बेवास्ता गरेको एक्टिभिस्टलहरूले आरोप लगाएका छन्। 

जापान सरकारलाई अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तअनुसार नागरिक क्षेत्रधिकारबाट छुट दिनुपर्ने भन्दै अदालतले फैसला सुनाएको छ।

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्