उत्तराखण्डसँगको नेपाली महिला टिमको सिरिज स्थगित
काठमाडौं, वैशाख ८ : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीचको क्रिकेट सिरिज...
काठमाडौं, वैशाख ८ : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीचको क्रिकेट सिरिज स्थगित भएको छ। क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली महिला टिम र भारतको उत्तराखण्ड महिलाबीच हुने भनिएको टी–२० र एकदिवसीय सिरिज स्थगित भएको जनाएको छ।
क्यानले भारतमा कोराना भाइरसको संक्रण तीब्र रुपमा बढेकाले सिरिजका लागि उत्तराखण्ड क्रिकेट एसोसिएसनलाई बिसिसी र सरकारले अनुमति नदिएकाले अप्रिल तेस्रो साताका लागि तय भएको टि–२० र एकदिवसीय सिरिज स्थगित भएको जनाएको छ।
गत चैत २८ गते बसेको क्यासको बैठकले अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिमबीच टी–२० र एकदिवसीय सिरिज गर्ने निर्णइ गरेको थियो।
प्रकाशित मिति: १३:३९ बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











