Kathmandu Press

विदेश हिँडेका १३६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं, वैशाख ८ : विदेश जान हिँडेका १३६ जनालाई बुधबार विमानस्थलबाटै फर्काइएको छ।नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेको आशंकामा अध्यागमन विभागले उनीहरूलाई...
विदेश हिँडेका १३६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं, वैशाख ८ : विदेश हिँडेका १३६ जनालाई बुधबार विमानस्थलबाटै फर्काइएको छ।

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेको आशंकामा अध्यागमन विभागले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको हो। 

फर्काइएकाहरू जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ। उनीहरु आधा नेपाली र आधा भारतीय छन्।

उनीहरूको नक्कली पिसिआर रिपोर्ट सिनामंगलस्थित सुरिया हेल्थ केयरमा बनाइएको पाइएको छ। उक्त हेल्थ केयरमा मंगलबार मात्र महानगरीय अपराध महाशाखाले छापा मारेको थियो।

विदेश जानेलाई ९ हजार रुपैयाँमा नक्कली पिसिआर रिपोर्ट बनाएको आरोप सुरियामाथि लागेको छ। पिसिआर रिपोर्ट सुरियामा बनाइएको पाइएपछि नक्कली भएको आशंकामा फर्काइएको अध्यागमन विभागले जनाएको छ। 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्