Kathmandu Press

मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

संयुक्त राष्ट्रसंघ, वैशाख ८ : संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ। सो प्रतिवेदनले यो...
मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

संयुक्त राष्ट्रसंघ, वैशाख ८ : संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ। सो प्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको समाचारमा जनाइएको छ।

यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन्। यो क्रम प्राय दिनहुँजसो हुने गरेको बताइन्छ। उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन्। ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ। 

Hardik ivf

ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन्। त्यस्तै तिनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीहरुले जनाएका छन्। 

संयुक्त राष्ट्रसंघले सन् २०२० का पहिला केही महिनाहरुमा यहाँ पुग्ने बालबालिकाको संख्या ३८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ।

मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौँको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ। यहिले यसरी ती देशहरुबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्कहरु पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ। 

हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिकहरु यसअघि पनि रहने गरेकामा अहिले कोभिड १९को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, वैशाख ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्