Kathmandu Press

आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ८ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार...
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ८ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार बनाउने विषयबारे छलफल हुने जनाईएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपनि हालसम्म उक्त बिषयमा टुंगोमा पुग्न सकेको छैन।

बैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ। सरकारलाई दिएको समर्थनबारे मंगलबारको बैठकमा निर्णय लिन भनिएतापनि कुनै निर्णय हुन सकेन् । 
 

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्