राष्ट्रपतिले गरिन् सेतो मछिन्द्रनाथको दर्शन (फोटोफिचर)
काठमाडौं, वैशाख ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मछिन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छिन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित...काठमाडौं, वैशाख ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मछिन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छिन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ तानेर असन ल्याइन्छ ।
रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
रथलाई बिहीबार लगन लगेपछि त्यहाँ रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा तीनपटक घुमाइन्छ । यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिले जनाएको छ ।
बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरूपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।