Kathmandu Press

रुसी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपालमा रुसी खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।रुसी खोप 'स्पुतनिक-५' लाई नेपालमा...
रुसी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपालमा रुसी खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

रुसी खोप 'स्पुतनिक-५' लाई नेपालमा प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ। मंगलबार विभागले सूचना प्रकाशित गरि अनुमति दिएको जनाएको हो।

यसअघि भारतमा बनेको कोभिसिल्ड र चीनमा बनेको भेरोसेल खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अहिले दुवै खोप प्रयोगमा आइरहेका छन्।

भारतमा बनेको कोभिसल्डको दोस्रो डोज मंगलबारबाटै नै लगाउन थालिएको छ। त्यस्तै, चीनमा बनेको भेरोसिल पनि केही दिनअघिबाट नै लगाइँदै आएको छ।

चीनले अनुदानमा आठ लाख डोज खोप उपलब्ध गराएको थियो। त्यस्तै भारतले १० लाख खोप अनुदानमा दिएको थियो।

भारतबाट सरकारले २० लाख खोप गरिद गरेको थियो। जसमध्ये १० लाख खोप मात्रै आएको छ। भारतमा संक्रमित बढेसँगै थप खोप उपलब्ध गराएको छैन।

खोपको अभाव हुन थालेपछि रुसमा बनेको 'स्तुतनिक-५' लाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो। अब रुसबाट पनि खोप ल्याउन सकिने भएको छ।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्