Kathmandu Press

एकैदिन थपिए १७ सय बढी कारोना संक्रमित

कुल आठ हजार ७३८ जनामा गरिएको परिक्षणमध्ये आठ हजार ५५ जनामा पीसीआर र ६ सय ८३ जनामा एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एकैदिन थपिए १७ सय बढी कारोना संक्रमित

काठमाडौं, वैशाख २ : पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल आठ हजार ७३८ जनामा गरिएको परिक्षणमध्ये आठ हजार ५५ जनामा पीसीआर र ६ सय ८३ जनामा एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Hardik ivf

त्यसमध्ये पीसीआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।

गत २४ घण्टामा २५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ। 

यस्तै २४ घण्टामा ११ जनाकाे  मृत्यु भएकाे छ।

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्