२७ सांसदलाई एमालेद्वारा स्पष्टीकरण
यसअघि एमालेले नेपाल, रावल, पाण्डे र भुषाललाई स्पष्टीकरण सोध्दै पार्टीबाट छ महिनाका लागि निश्कासन गरेको थियो ।
काठमाडौं वैशाख ७ : नेकपा एमालेले माधव नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेले पार्टी विरोधी गतिविधि गरेको भन्दै नेपाल समूहका २७ सांसद्लाई स्पष्टीकरण सोध्ने भएको हो।
२७ सांसद्लाई दुई दिनभित्र जवाफ माग गर्दै स्पष्टीकरण सोधिने बताइएको छ । चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निस्कासनसम्म गर्न सक्ने बताइएको छ ।
सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसमा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल तथा कर्णालीमा फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मबहादुर शाही र अम्मर थापा छन् ।
यसअघि एमालेले नेपाल, रावल, पाण्डे र भुषाललाई स्पष्टीकरण सोध्दै पार्टीबाट छ महिनाका लागि निश्कासन गरेको थियो ।
यी हुन् स्पष्टीकरण सोधिएका २७ सांसद्
माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्री ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)