Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ७ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।सोमवार स्थगित भएको स्थायी कमिटी बैठकआज अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्न...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ७ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

सोमवार स्थगित भएको स्थायी कमिटी बैठक आज अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्न लागेको हो।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गरिने छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलको भनाइ छ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन सोमबार अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने बताइएको छ।

प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्