Kathmandu Press

पूर्व अमेरिकी उप–राष्ट्रपति वाल्टर मोन्डेलको निधन 

वासिङटन, वैशाख ७ : अमेरिकाका पूर्व उप–राष्ट्रपति वाल्टर मोन्डेलको निधन भएको छ। ९३ वर्षिय मोन्डेलको सोमबार अमेरिकाको मिनियापोलिस राज्यमा निधन भएको हो । वाल्टर मोन्डेलले...
पूर्व अमेरिकी उप–राष्ट्रपति वाल्टर मोन्डेलको निधन 

वासिङटन, वैशाख ७ : अमेरिकाका पूर्व उप–राष्ट्रपति वाल्टर मोन्डेलको निधन भएको छ। ९३ वर्षिय मोन्डेलको सोमबार अमेरिकाको मिनियापोलिस राज्यमा निधन भएको हो । 

वाल्टर मोन्डेलले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ४२ औं उप–राष्ट्रपतिको रुपमा कार्यभार समालेका थिए । 

Hardik ivf

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति रहेका जिमी कार्टरले मोन्डेललाई अमेरिकाकको इतिहासमा सर्वश्रष्ठ उप–राष्ट्रपति रहेको बताए। मोन्डेल ‘अमूल्य साझेदार र मिनेसोटा, अमेरिका र विश्वका जनताको लागि योग्य सेवक’ भएको कार्टरले बताएका छन् । 

राष्ट्रपति जो बाइडेन र उनका श्रीमती जिल बाइडेनले देशले एक सबैभन्दा समर्पित देशभक्त र सार्वजनिक सेवकलाई गुमाएको बताएका छन्। उनीहरुले एक प्यारो मित्र, सल्लहाकार र गुरुलाई गुमाएकोमा आफु दुखि भएको बताएका छन। 

अत्यन्त दुःखको साथ हाम्रो प्रिय पतिाको निधन भएको समाचार साझा गरिरहेका छौं,’ मोन्डेलका परिवारले भने। 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्