नासाद्वारा मङ्गल ग्रहमा सानो हेलिकप्टरको सफल उडान
काठमाडौं, वैशाख ७ : अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ ।इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक...
काठमाडौं, वैशाख ७ : अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ ।
इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक मिनेटभन्दा कम समय जमिनको सतहबाट माथि उडेको बीबीसीले जनाएको छ । यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दावी गरेका छन् ।
मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टी भएको थियो । नासाले आगामी लिनमा थप उडान गर्ने हौसला मिलेको जनाएको छ ।
नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: ०८:५३ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












