Kathmandu Press

भारतमा एकैदिनमा थप २ लाख ५६ हजारमा कोरोना संक्रमण

काठमाडौं, वैशाख ७ : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा संक्रमण भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १...
भारतमा एकैदिनमा थप २ लाख ५६ हजारमा कोरोना संक्रमण

काठमाडौं, वैशाख ७ : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । भारतमा हालसम्म १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ ।

यसअघि सोमबार भारतमा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: ०७:०४ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्