आजदेखि कोरोनाको दोस्रो डोज खोप लगाइने
काठमाडौ, वैशाख ७ : सरकारले आजदेखि (मंगलबार) कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ ।गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९...
काठमाडौ, वैशाख ७ : सरकारले आजदेखि (मंगलबार) कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ ।
गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् ।
विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।
प्रकाशित मिति: ०६:३८ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)