Kathmandu Press

क्रियाशील सदस्यको विवरण वैशाख १५ भित्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण वैशाख १५ गतेभित्र पठाउन निर्देशन दिएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले एक...
क्रियाशील सदस्यको विवरण वैशाख १५ भित्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण वैशाख १५ गतेभित्र पठाउन निर्देशन दिएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले एक साता म्याद थपेको हो।

कांग्रेस सबै जिल्ला र क्षेत्रीय समितिलाई वैशाख १५ गतेभित्र विवरण पठाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र विवरण नपठाए महाधिवेशनमा भाग लिन नपाउने जनाएको छ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले त्यससम्बन्धी जानकारी दिएका थिए। सप्तरी र सिन्धुपाल्चोकले अहिलेसम्म फारम नपाएको तथा बारा र सोलुखुम्बुमा ढिलो गरी फारम पुगेको जनाएको छ। तिबाहे अन्य जिल्लालाई एक साताभित्र विवरण पठाउन निर्देशन दिएको उनले बताए।

चार जिल्ला सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुलाई वैशाख ३० गतेसम्म क्रियाशीलको विवरण पठाउन म्याद दिएको छ। अन्य जिल्लाको भने वैशाख १५ गते राति १२ बजेबाट सफ्टवेयरमा इन्ट्री गर्ने र त्यसपछ िसिस्टम बन्द गरिने उनले बताए।

अहिलेसम्म कांग्रेस केन्द्रमा ७३ जिल्लाबाट ६ लाख पाँच हजार चार सय तीनजना क्रियाशील सदस्यको विवरण आएको छ। जसमध्ये नवीकरण भएका पुराना सदस्यको संख्या तीन लाख ३० हजार र नयाँ क्रियाशील सदस्यको संख्या दुई लाख ८६ हजार रहेको लेखकले बताए।

 

प्रकाशित मिति: २१:२० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्