मन्त्री बनेका जसपा नेतालाई राजीनामा गर्न निर्देशन
लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार जना नेतालाई जनता समाजवादी पार्टी (जसपा)ले राजीनामा गर्न निर्देशन दिएको छ।
बुटवल, वैशाख ६ : लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार जना नेतालाई जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीबाट राजीनामा गर्न निर्देशन दिएको छ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि मुख्यमन्त्री पोखरेलले जसपा सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुले आजै शपथ पनि लिइसकेका छन्।
चारै जनालाई मन्त्रीबाट राजीनामा दिन जसपाले निर्देशन दिएको हो। उनीसँग २४ घन्टे स्पष्टीकरण सोधिएको जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले जनाएका छन्।
उनले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका चारै जनालाई निलम्बन गरेर स्पष्टीकरण सोधिएको बताए। उनीहरुले राजनीनामा नदिए सांसद पद समेत नरहने गरी कारबाही गरिने यादवले बताए।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)