आन्तरिक उडानमा हवाइ भाडा बृद्धि
काठमाडौं, वैशाख ६ : सरकारले पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेसँग वायुसेवा सञ्चालकले हवाई भाडा पनि बढाएका छन्।आज राति १२ बजेदेखि लागू हुने गरी...
काठमाडौं, वैशाख ६ : सरकारले पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई भाडा पनि बढाएका छन्।
आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ भाडा बृद्धि गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए। वायुसेवा सञ्चालकले बढाएको हवाइ भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ।
हवाइ इन्धनमा बढेको मूल्य अनुसार नै हवाइ भाडा पनि बढाइएको छ। जसअनुसार, काठमाडौंबाट धनगढीको भाडामा ८५ रुपैयाँ बढेको छ।
त्यस्तै, नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ। काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ।
संघका काठमाडौंबाट पोखराको ३५ रुपैयाँ बढेको छ भने भैरहवाका लागि ४५ रुपैयाँ बढेको छ। त्यस्तै, विराटनगरका लागि ५० रुपैयाँ भाडा बढेको छ।
यससँगै पर्वतीय उडानको भाडा पनि बढाइएको छ। पर्वतीय उडानको भाडा ६५ रुपैयाँ बढेको छ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)