विद्यालय बन्द हुने यी हुन् ४० स्थानीय तह
काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको दोस्रो लहर चलेपछि सरकारले ४० वटा स्थानीय तहका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ।सरकारले विद्यालय...
काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको दोस्रो लहर चलेपछि सरकारले ४० वटा स्थानीय तहका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ।
सरकारले विद्यालय बन्द गराउने स्थानीय तहमा काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिका रहेका छन्। काठमाडौंका काठमाडौं महानगरपालिका, कागेश्वरी, कीर्तिपुर, चन्द्रागिरी, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बुढानिलण्ठ र शंखरापुर नगरपालिका रहेका छन्।
त्यस्तै, भक्तपुरका भक्तपुर, चागुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका रहेका छन्। ललितपुरका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका रहेका छन्।
यसैगरी काठमाडौं उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका सबै विद्यालय एक महिना बन्द रहनेछन्।
त्यस्तै, इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका विद्यालय पनि बन्द हुने भएका छन्।
यसबाहेक मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकाका विद्यालय पनि वैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ।
यी सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा भर्चुअल माध्यमबाट पठनपाठन गरिने भएको छ।
शैक्षिक संस्था बन्द गरिए पनि पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरेर यथावत रुपमा सञ्चालन हुनेछन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)