विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने
काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले विवाह, व्रतबन्धलगायतका कार्यक्रममा पनि कडाइ गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विवाहलगायतका सार्वजनिक कार्यक्रममा...
काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले विवाह, व्रतबन्धलगायतका कार्यक्रममा पनि कडाइ गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विवाहलगायतका सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो।
विवाह, व्रतबन्ध, मेला, महोत्सव, जात्रामा जाँदा २५ जनाभन्दा धेरै भेला हुन नपाइने निर्णय गरिएको संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।
त्यस्तै, विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने प्रवक्ता गुरुङले जानकारी दिए।
प्रकाशित मिति: १८:३७ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)