Kathmandu Press

होटल तथा रेस्टुरेन्ट ८ बजेपछि खोल्न नपाइने

काठमाडौं, वैशाख ६ : होटल तथा रेस्टुरेन्ट बेलुकी ८ बजेपछि खोल्न नपाइने भएको छ। कोरोना संक्रमण बढेपछि सरकारले होटल तथा रेस्टुरेन्ट राति ८...
होटल तथा रेस्टुरेन्ट ८ बजेपछि खोल्न नपाइने

काठमाडौं, वैशाख ६ : होटल तथा रेस्टुरेन्ट बेलुकी ८ बजेपछि खोल्न नपाइने भएको छ। कोरोना संक्रमण बढेपछि सरकारले होटल तथा रेस्टुरेन्ट राति ८ बजेपछि खोल्न नपाइने नियम ल्याएको हो।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेछि राति ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो। त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने सरकारले निर्णय गरेको छ ।

यस्तै, सरकारले विवाह, ब्रतबन्धमा पार्टी प्यालेर प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने पनि सरकारले नियम बनाएको छ । यस्तै, विवाह, ब्रतबन्ध, मेला, महोत्सव, जात्रा, पर्व र मलामी र चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्