सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्नुका साथै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ।
काठमाडौं, वैशाख ६ : सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्नुका साथै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताए।
लामो दुरीका सवारीले गन्तव्य सुरु भई अन्तिम गन्तव्यसम्ममा बीचमा यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा दिनुपर्ने व्यवस्था गरिएको छ।
सवारी साधनलाई हरेक दिन डिस्इन्फेक्ट गर्नु पर्ने बैठकको निर्णय छ ।
प्रकाशित मिति: १८:१२ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)