Kathmandu Press

माओवादी केन्द्रका कारण ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिएकाे छैन : देउवा

काठमाडौं, वैशाख ६ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका कारण ओलीलाई प्रधानमन्त्रीबाट हटाउन  नसकिएको बताएका छन्। उनले प्रजातन्त्रमाथि खतरा उत्पन्न...
माओवादी केन्द्रका कारण ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिएकाे छैन : देउवा

काठमाडौं, वैशाख ६ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका कारण ओलीलाई प्रधानमन्त्रीबाट हटाउन  नसकिएको बताएका छन्। उनले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई सरकारबाट हटाउनुपर्ने आवश्यकता रहेको बताए।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५२औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण ओली सत्तामा टिकिरहन सकेको तर्क गरे। उनले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिइहाले पनि जसपा समर्थन गर्ने तयारीमा रहेको दाबी पनि गरे।

Hardik ivf

सभापति देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको आरोप बताए। ‘ओलीले भारतसामु त्वम् शरणम् गरिसके,’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

सभापति देउवाले एउटै क्याम्पसमा नेविसंघका तीनचार समूह रहेको उनले देउवाले गुटबन्दी गरेर अगाडि बढ्न गाह्रो हुने बताए। उनले कोरोना संक्रमण बढिरहेकाले हाललाई कुनै कार्यक्रम नगर्न पनि सुझाए।

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्