Kathmandu Press

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले खाए मन्त्रीकाे शपथ

बुटवल, वैशाख ६ : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई समेत समेटेर मन्त्रिमण्डल हेरफेर गरेका छन्।पुनर्गठित मन्त्रिमण्डलमा भौतिक...
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले खाए मन्त्रीकाे शपथ

बुटवल, वैशाख ६ : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई समेत समेटेर मन्त्रिमण्डल हेरफेर गरेका छन्।

पुनर्गठित मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सन्तोष पाण्डेले पाएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिइएको छ। कल्पना पाण्डे शिक्षा तथा सामाजिक, भएकी छन् भने सुमन शर्मा रायमाझीलाई भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

यादव, सन्तोष, कल्पना र सुमन रायमाझी जनता समाजवादी पार्टीका सांसद हुन्। यिनीहरूमध्ये कल्पनाबाहेक तीनजनाले मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा 
हस्ताक्षर गरेका थिए। तर दुई घन्टाकै अन्तरालमा उनीहरू मुख्यमन्त्री पोखरेलतिरै ढल्किएका थिए।   

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन्।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्