नेता नेपाललगायत आठजनालाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौं, वैशाख ६ : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आज (सोमबार) बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय...
काठमाडौं, वैशाख ६ : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आज (सोमबार) बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित आठजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
उनीहरूमाथि कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाइएको छ। स्पष्टीकरण सोधिनेमा कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद पनि रहेको जनाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई अन्तिमपटक चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्पष्टीकरण चित्तबुझ्दो नआए १० वैशाखमा बस्ने बैठकले कारबाही गर्ने बताइएको छ।
बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको साउन २५ देखि २७ गतेसम्म बैठक राख्ने निर्णय पनि गरेको छ। तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत सबै केन्द्रीय सदस्य अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)