लुम्बिनी प्रदेश : अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद मन्त्री बन्दै
काठमाडौं, वैशाख ६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद फेरि तिनै मुख्यमन्त्रीतिरै ढल्किएका छन्।ती सांसद जनता समाजवादी पार्टी...
काठमाडौं, वैशाख ६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद फेरि तिनै मुख्यमन्त्रीतिरै ढल्किएका छन्।
ती सांसद जनता समाजवादी पार्टी (जसपा) का विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी हुन्। सरकारलाई पुनः समर्थन गरेका उनीहरूलाई आजै मन्त्री बनाउने र शपथ खुवाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै सोही दल, नेपाली कांग्रेस र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर छ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेकी एक सांसद कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन्। लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद छन्। तीमध्ये सांसद पाण्डेले मात्र अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)