Kathmandu Press

नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीकाे चेतावनी

काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका छन्।पार्टी महाधिवेशन आयोजक कमिटीको...
नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीकाे चेतावनी

काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

पार्टी महाधिवेशन आयोजक कमिटीको सोमबारको बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले नेता नेपाललगायत नेताहरुलाई कारबाहीको चेतावनी दिएका हुन्।

नेता नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको उनले बताए। ‘अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ,’ ओलीले बैठकमा भने।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसपछि बिच्किएका ओलीले नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पाउमा एमाले चढाउन खोजेको र कांग्रेसलगायत गैरकम्युनिस्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्न थालेको आरोपसमेत लगाए।

प्रधानमन्त्री ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै उनमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने दुई मुखे प्रवृत्ति रहेको बताए। एकातिर न्याय र सुशासनको कुरा गर्ने, अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने भन्दै उनले प्रचण्डप्रति कडा टिप्पणी गरे।

प्रचण्ड र नेपाल दुवैलाईलाई जनताले धूलो चटाउने दाबी ओलीको थियो।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्