Kathmandu Press

सार्वजनिक स्थलमा पाँचजनाभन्दा बढी भेला हुन रोक

काठमाडौं, वैशाख ६ : सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको...
सार्वजनिक स्थलमा पाँचजनाभन्दा बढी भेला हुन रोक
फाइल तस्बिर

काठमाडौं, वैशाख ६ : सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ।

यस्तै वैशाखभरका लागि विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाइएको छ भने पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्