लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ६ : लुम्बिनी प्रदेशका दुई मन्त्रीले सोमबार राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका...
काठमाडौं, वैशाख ६ : लुम्बिनी प्रदेशका दुई मन्त्रीले सोमबार राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका हुन्।
केसी आन्तारिक मामिला तथा कानून मन्त्री र बराल सामाजिक विकासमन्त्री थिए। आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
अविश्वासको प्रस्ताव दर्तालगत्तै केसी र बरालले राजीनामा दिएका हुन्। अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा रूपमा कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।
प्रकाशित मिति: १५:१५ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)