अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु
पुल-ए-खुम्री, वैशाख ६ : युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा ६ जना विद्रोही र दुई सुरक्षाकर्मीको मृत्यु भएको छ। प्रान्तीय प्रहरी प्रवक्ता...
पुल-ए-खुम्री, वैशाख ६ : युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा ६ जना विद्रोही र दुई सुरक्षाकर्मीको मृत्यु भएको छ।
प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताए। विद्रोही तालिबानले आफ्ना ६ जना साथीको शव छाडेर भागेको पनि उनले जानकारी दिए।
‘भिडन्तमा ६ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन्,’ बसारातले भने, ‘सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोही विरुद्धको कारबाही जारी राखेका छन्।’
उक्त भिडन्तका बारेमा बाघलानका तालिबानी विद्रोहीले कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित मिति: १४:४७ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












